काठमाडौं ३० कात्तिक । नेपालका युवा क्रिकेटर सन्दीप लामिछानेले इन्डियन प्रिमियर क्रिकेट लिग (आईपिएल) फेरि खेल्ने भएका छन् ।

सन्दिपले सन् २०१९ को सिजनमा पनि विश्वकै चर्चित र महँगो फ्रेन्चाइज क्रिकेट आईपीएल खेल्ने भएका हु्न् । उनलाई सिजनअघि नै पूर्व क्लब दिल्ली डेयरडेभिल्सले ‘रिटेन’ अर्थात सुरक्षित गरेको हो ।

आईपीएलमा खेलाडी अक्सनअघि जुनसुकै क्लबलाई पनि आफूसँग भएका खेलाडी सुरक्षित गर्ने र छाड्ने अधिकार हुन्छ । त्यही अधिकार प्रयोग गर्दै दिल्लीले सन् २०१९ का लागि १४ खेलाडी सुरक्षित गर्दा सन्दीप पनि त्यसमा परेका हुन् । दिल्लीले रिटेन सम्बन्धी जानकारी सन्दीपलाई बिहीबार गराईसकेको छ ।

गत सिजन सन्दीपले आईपीएलमा डेब्यू गरेका थिए । दिल्लीको अघिल्लो चरण पुग्ने सम्भावना सकिएपछि तीन खेलमा अबसर पाएका उनले आफू सशक्त खेलाडी रहेको सावित गरेका थिए । त्यसपछि उनले विभिन्न लिग खेलिसकेका छन् । उनले अष्ट्रेलियाको बिग बास लिग समेत खेल्दैछन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।