काठमाडौंं । एनआइसी एसिया बैंकले सर्वसाधरणका लागि १० प्रतिशत बोनस शेयर दिने घोषणा गरेको छ ।

बैंकको शुक्रबार बसेको सञ्चालक समिति बैठकले यस्तो प्रस्ताव गरेको हो । बैंकको ३७७ औं सञ्चालक समिति बैठकले कर प्रयोजनका लागि ०.५२६ प्रतिशत नगद लाभांस र १० प्रतिशत बोनशको प्र्रस्ताव गरेको हो । बैंकको प्रस्ताव नेपाल राष्ट्र बैंक र साधारणसभाबाट पारित हुन भने बाँकी छ ।

बैंकले गत आर्थिक बर्ष वार्षिक विन्दूगत आधारमा कर्जा तथा लगानी ४८ अर्बले बढाएर १२० अर्ब तथा निक्षेप ६४ अर्बले बढाएर १५२ अर्ब पुर्याएको थियो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।