काठमाडौँ । सरुवा भएर नगरपालिकामा खटाए पनि जान नमान्ने उपसचिवलाई हाजिर गर्नबाट रोक्ने क्रममा दुई पक्षबीच कपी खोसाखोस भएको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट्मा खबर छ ।

आइतबार शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा हस्ताक्षर गर्न गएका उपसचिवको हाजिर कपी केन्द्रका कर्मचारीले लुकाएका थिए ।

हाजिर कपी नभेटेर हल्लीखल्ली भएपछि प्रशासन शाखाका कर्मचारीले लुकाएको जानकारी उपसचिवहरुले पाएका थिए । लगत्तै उनीहरु केन्द्रका महानिर्देशक बाबुराम पौडेललाई भेट्न गएका थिए । भेटमा पौडेलले उपसचिवहरुलाई जुन नगरपालिकामा खटाएको छ, त्यही जान अनुरोध गर्दै सम्झाउने प्रयास गरेका थिए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।