काठमाडौं ११ मंसिर । सरकारले उपत्यकामा चार दिन जोर बिजोर प्रणाली लागू गरेको छ । काठमाडौांन सम्पन्न हुन गइरहेको एसिया प्यासिफिक सम्मेलनका लागि सरकारले उपत्यकामा जोर बिजोर प्रणाली लागू गरेको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखा, रामशाहपथले गृहमन्त्रालयको निर्देशन अनुसार १३ मंसिरदेखि लागू हुने गरी १६ मंसिरसम्म जोर बिजोर प्रणाली लागू गरिएको जनाएको छ ।

जोर बिजोर प्रणालीसँगै १३ र १५ गते बिजोर नम्बर प्लेटका सवारी मात्र सञ्चालन हुने भएका छन् भने १४ र १६ गते जोर नम्बर प्लेटका सवारीले मात्र सञ्चालन अनुमति पाउने भएको छन् । सवारी साधनको अन्तिम अंकको आधारमा जोर बिजोर प्रणाली लागू हुनेछ ।

महाशाखाले एसिया प्यासिफिक सम्मेलनमा विभिन्न राष्ट्रका अतिविशिष्ट र विशिष्ट व्यक्तिहरुको सवारी आवागमनलाई व्यवस्थित बनाउन जोर बिजोर प्रणाली लागू गरिएको जनाएको छ । अत्यावश्यक सेवा र शैक्षिक संस्थाका सवारी साधानमा भने जोर बिजोर प्रणाली लागू नहुने ट्राफिक प्रहरीले जनाएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।