काठमाडौं । माथिल्लो तामाकोसीको सेयर ३ लाख ३४ हजारले पाएका छन् । तामाकोसीको मंगलबार भएको बाँडफाँडमा कुल १ लाख ७२ हजार ७ सय ७५ जनाले ५० कित्ता सेयर पाए भने १ लाख ६१ हजार ३ सय जनाले भने ४० कित्ता सेयर पाएका छन् ।

सबैलाई ४० कित्ता सेयर दिइसकेपछि पुनः बाँकी रहेको सेयर १० कित्ता सेयर १ लाख ७२ हजार ७७५ जनालाई गोलाप्रथाबाट दिइएको हो । ५ हजार ७ सय आवेदन रद्द भएका थिए ।

कुल १ करोड ५९ लाख ९० हजार ७५० कित्ता सेयर सर्वसाधारणका लागि खुला गरिएको थियो । ४५६ मेगावाटको आयोजनाले ९५ प्रतिशत बढी काम सम्पन्न भइसकेको कम्पनीले जनाएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।