काठमाडौं ११ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले यो सरकार जुम्रा मार्न बनेको रभएर विकास गर्न बनेको बताएका छन् ।

नेपाली कांग्रेसले केही दिन अघि सरकार कता हरायो भन्दै व्यंग्य गरेकोप्रति केन्द्रीत बन्दै प्रधानमन्त्री ओलीले सरकार काम गर्न व्यस्त रहेको समेत बताए ।
सामाजिक सुरक्षा योजना घोषणा कार्यक्रमको शुभारम्भका लागि आयोतिज कार्यक्रममा प्रधानमन्त्री ओलीले जता फर्कियो, त्यता सरकार देख्न थालेपछि विरोध गर्नेहरु आफैं चुप लाग्ने समेत बताए ।

‘मजदुरलाई सोध्नुस्, श्रमजीविलाई सोध्नुस्, दुख पाएका गरिबलाई सोध्नुस् सरकार कहाँ छ ?’ उनले कार्यक्रममा उल्टै प्रश्न गरे । ‘बाटोमा धुलो उड्न कम भएको छ, जवाफ पाउनुपर्ने हो, काठमाडौंमा सडक बढारिन्छ धोइन्छ, अनि थाहा पाउनुहुन्छ सरकार कहाँ छ रु’ उनले भने, ‘कलंकी नागढुंगा सडक हेर्न जानुस्, त्यहाँ छ सरकार ।’

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।