रविन्द्रप्रताप शाह (पूर्व प्रहरी महानिरीक्षक)

कुरो २०६९ जेष्ठ १८ गतेको हो । कुनै मिटिंगमा भागलिन म प्रहरी प्रधान कार्यालयबाट निस्केको मात्र थिएं, फोनको घंटी बज्यो । फोनको त्यो घंटीले कुपनडोल स्थित युएन पार्ककमा भर्खरै सर्वोच्चका वहालवाला न्यायाधीश रण बहादुर बमलाई गोली हानिएको जानकारी गरायो । त्यति हाइ प्रोफाइलको ब्यक्तिलाई राजधानीमै दिनदहाडै गोली हानिएको अविश्वसनिय थियो । म त एकछिन अकमक्क नै परे र अरु कुरा सुन्दै नसुनि सिधै युएन पार्कतिर हानिए ।

घटनास्थल पुग्दा कोही पनि भेटिएनन, सबैलाई नर्भिक हस्पिटल लगिसकिएको थियो । स्थानीय केही ब्यक्तिहरुसंग बुझ्दा बंगलामुखी माताको दर्शन गरि फर्केर कार्यालयतर्फ जॉदै गर्दा केही मोटरसाईकलमा आएका केही ब्यक्तिले न्यायाधीशलाई मात्र नभै सोही गाडीमा सवार अन्य २/३ जनालाई पनि गोली हानिएको रहेछ । टार्गेट न्यायाधीशनै थिए भन्नेमा कुनै शंका रहेन, अरुलाई चुप गराउन मात्र हानिएको थियो ।

त्यसपछि म सोझै नर्भिक पुगे । त्यहॉ तत्कालीन प्रधान न्यायाधीश खिलराज रेग्मी लगायत सर्वोच्चका प्राय: सबै जसो न्यायाधीशहरुको उपस्थिति थियो । सबैको अनुहारमा आक्रोश, डर र आश्चर्यको मिश्रित भावहरु थिए । प्रधान न्यायाधीश खिलराज रेग्मीज्यूसंग मैले “तराई/मधेश घटना छानविन आयोगमा बसेर काम गरिसकेको कारणबाट राम्रै सम्पर्क थियो । उहॉले मलाई राम्रै पुलिस अफिसर मान्नु हुन्थ्यो ।

त्यस घटनामा प्राय सबै न्यायाधीशहरुले ठूलै(राजनैतिक) शक्तिकेन्द्रको हात रहेको अनुमान गर्दै नेपाल पुलिसले अनुसंधान गर्न नसक्ने सोचाई रहेको पाए । मलाई खिलराज रेग्मीज्यूले अप्रत्यक्षमा सबै न्यायाधीशहरुको सोचाई बताउदै नेपाल पुलिसलाई अनुसंधान गर्न अप्ठेरो पर्न सक्ने भएकोले आयोग नै गठन गरि अनुसंधान गर्दा के होला ?” भनेर सोध्नु भयो ।

मैले उहॉलाई, “श्रीमान, जतिसुकै ठूलो आयोग गठन गरेपनि अनुसंधान गर्ने नेपाल पुलिसले नै हो, मलाई यो घटनामा कुनै शक्ति केन्द्रको हात छ जस्तो पनि लाग्दैन र रहेछ नै भनेपनि नेपाल पुलिसले कुनै दवाव र प्रभावमा नपरी अनुसंधान गर्ने हैसियत राख्छ, हजुरहरुले अन्याथा सोच्नु पर्दैन ” भनेपछि, उहॉले फेरी सोध्नु भयो, “तपाईलाई यो घटनाको अनुसंधान गर्न कति दिन लाग्छ ?”

मैले भने “अनुसंधान गर्न यत्तिनै समय लाग्छ भनेर किटानी त गर्न सकिदैन तर पनि मलाई १५ दिनको समय चाहिन्छ उहॉले फेरी सोध्नु भयो, “१५ दिन भित्र पत्ता लागेन भने के गर्नु हुन्छ ?” मैले पनि, “त्यो अवधी भित्र पत्ता लगाउछु, सकिन भने म आफै श्रीमान कहॉ आएर आयोग गठन गर्न सुझाब दिन्छु “ यसलाई उहॉले सकारात्मक रुपमा लिनुभयो ।

म कार्यालय फर्केर म पछि हुनेवाला अाइजी कुवेर सिंह राना, डिअाइजी उपेन्द्र अर्याल लगायत अनुसन्धानमा राम्रा भनि चिनिएका उपत्यकामै कार्यरत प्रहरी अधिकृतहरुको टीम गठन गरेर अनुसंधान शुरु गरियो । नेपाल पुलिसको क्षमतामा पुरा बिश्वास थियो ।
खुब मिहेनत गरियो, रात रातभर काम गरियो, संभव भएसम्म सबै प्रविधी र श्रोत उपयोग गरियो । तर, केही सिप लागेन । १५ दिन पनि सकियो ।
उहॉहरुले शक्तिकेन्द्र उपर शंका गर्नु भएकोले त्यसको निवारणको निम्ति पनि म आफै गएर प्र. न्या. खिलराज रेग्मीज्यूकहॉ गएर, “श्रीमानसंग मागेको समयमा मैले अनुसंधान गर्न सकिन, आयोग गठन गर्नु भए हुन्छ ।”

आयोग गठन भयो, मैले पनि ३ महिना पछि अनिवार्य अवकाश पाए । आयोगले आफ्नो प्रतिवेदन पनि बुझायो तर न्यायाधीश बमज्यूको हत्याको गुत्थी सुल्झिएन | अबकाश हुंदासम्म त्यस घटनाको अनुसंधान पुरा गर्न नसकेकोमा मलाई पछि सम्म पनि खिन्न अनुभव भैरह्यो ।

म पछि, कुवेर सिंह राना अाइजी भएर १३ महिना बिताए | उनको पालामा पनि उक्त हत्याकाण्डको अनुसंधान पुरा भएन, मलाई लाग्छ २ बर्ष भन्दा पछि गएर मात्र नेपाल पुलिसले उपेन्द्र अर्याल अाइजी भएको समयमा उक्त हत्याको गुत्थी सुल्झाउन सक्यो । तर, सर्वोच्च अदालतका तत्कालीन न्यायाधीशहरु र आम जनताले सोचेको जस्तो कुनै पनि शक्तिकेन्द्रको संलग्नता भेटिएन ।

त्यसैले,
-अधिकांश चर्चित घटनाहरुमा आम मानिसको राय भन्दा अनुसंधानको निचोड बिलकुलै फरक देखिएको हुन्छ ।

-कुनै पनि अपराधिक घटनाको अनुसंधान दवाव र प्रभावमा हुन सक्दैन ।

-दवाव र प्रभावमा गरिने अनुसंधानले कहिलेकॉही वास्तविक अपराधी उम्किने मात्र होईन निरपराधलाई अपराधी सावितगर्न पनि सक्छ

-दवाव र प्रभावमा काम गर्दा अनुसंधान कचल्टिन गई निचोडमा पुग्न सोचे भन्दा ज्यादै लामो समय लाग्न सक्छ ।

-कुनै पनि अपराधको अनुसंधानगर्न यत्तिनै समय लाग्छ भन्ने निश्चित हुंदैन । त्यति मात्र होईन, कहिलेकॉही ज्यादै लामो समयसम्म पनि अपराधी पत्ता नलाग्न सक्छ । दशकौ बित्दा पनि अपराधी पत्ता लगाउन नसकेको संसारमा थुप्रै घटनाहरु उदाहरणको रुपमा छन ।

-अहिलेको समयमा नेपाल प्रहरीले दवाव र प्रभावकै भरमा अपराधीलाई लुकाएर ब्यवसायिक छवी बिगार्दै आफैलाई सर्वत्र आलोचनाको शिकार बनाउछ भन्ने लाग्दैन ।

-बहुदलीय व्यवस्थाको पुनर्स्थापना पछि कुनैपनि ठूला र चर्चित घटनाहरुको अनुसंधानमा शक्तिकेन्द्रहरुको दवाव अक्सर आंउदैन र अपवादको रुपमा कसैले दवाव दिन खोजे पनि नेपाल पुलिसले अस्वीकार गरेको छ ।

-नेपालमा अपराध अनुसंधानको एक मात्र बिज्ञ संस्था भनेको नेपाल पुलिस नै हो र यसको विकल्प कुनै पनि ब्यक्ति, समिति, आयोग वा अरु कुनै संस्था हुन सक्दैन ।

अन्तमा,
बहुचर्चित कंचनपुर घटनामा पनि अनुसंधानको सिलसिलामा खटिएका प्रहरी अधिकारीहरुको बुद्धि पुगेन होला, संवेदनशिलताको कमी पनि भयो होला, हेलचक्र्याई पनि गरेनै होलान ।
तर, प्रहरी अधिकारीहरुले कुनै पनि संवेदनशील घटनाको आफ्नै नियतबस वा शक्तिकेन्द्रको दवावमा अनुसंधान राम्ररी नगरेको, जानी जानी बिगारेको वा अपराधी पत्ता लगाएर पनि सार्वजनिक नगरेको वा नपक्रेको भन्ने जुन आम जनताको धारणा बनेको छ, त्यसमा पटक्कै बिश्वास लाग्दैन । समय समयमा राजनैतिक दवाव नआउला भन्न सकिदैन, तर त्यसलाई चिरेर नेपाल प्रहरीले आफ्नो ब्वसायिक छवी जोगाएरै राखेको छ भन्नेमा दुई मत नहोला । साभार–फेसबुक

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।