काठमाडौं २२ मंसिर । प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली बैठकमा आउन १५ मिनेट ढिला गरेपछि बरिष्ठ चार नेताले बैठक नै बहिस्कार गरेका छन् ।

पार्टी सचिवालय बैठक ३ बजेका लागि बोलाइएकोमा १५ मिनेटसम्म अध्यक्ष उपस्थित नभएपछि वरिष्ठ नेता माधव कुमार नेपाल, झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ र बामदेव गौतमले बैठक बहिस्कार गरेर हिडेका हुन् । उनीहरुले हरेक काम समयमा नै गर्नपर्ने नियम सिकाउन बैठकबाट बाहिरिएको बताए ।

अध्यक्षद्धय ओली र पुष्पकमल दाहाल प्रचण्ड क्यान्सरपीडित पूर्वसांसद् मणि खम्बुको समूहसँग छलफलमा रहेका थिए । यसैबीच, चार नेता बाहिरिए पनि अन्य नेताहरुबीच भने छलफल सुरु भएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।