काठमाडौं १ पुस । काठमाडौंमा अब लामो समय बस रोकिराखेर यात्रु चढाउन तथा ओराल्न नपाइने भएको छ । काठमाडौँ महानगरपालिकाले टुँडिखेल आसपास क्षेत्रमा आजबाट सार्वजनिक सवारी साधन रोकेर राख्न नपाउने व्यवस्था लागू गरेको हो । अब सार्वजनिक सवारीले बस उतार्ने र ओराल्ने ‘पिक एण्ड ड्रप’ गर्न मात्र पाउने भएका छन् । पहिलो चरणमा विभिन्न ११ वटा रुटमा ‘पिक एण्ड ड्रप’ कार्यक्रम लागू गरिएको छ । अबको केही महिनाभित्र कामपाको ३२ वटै वडामा उक्त व्यवस्था लागू हुने कामनाले जनाएको छ ।

सार्वजनिक सवारी साधन एकै स्थानमा लामो समय रोकेर राख्दा जामको समस्या बढ्नाका साथै वातावरण प्रदूषण हुने भएकाले कामपाले यस्तो व्यवस्था लागू गरेको हो । तोकिएको ‘स्टप’ बाहेक अन्य स्थानमा यात्रु ओराले वा चढाउने गरेमा कानूनअनुसार कारबाही हुने भएको हो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।