नेपाल आइडल बिजेता रविको आमाको करेण्ट लागेर मृत्यु, खुसी साट्न नपाउँदै दुःखत घटना (भिडियो)

काठमााडौं ११ पुस । केही समय अघि मात्र नेपाल आइडल सिजन–२ का विजेता रवि ओडलाई मातृ शोक परेको छ ।
आइडल जितेर राम्ररी परिवारसँग राम्ररी खुसी साटासाट गर्न नपाउँदे उनलाई मातृ शोक परेको हो । बुधबार बिहान ७ बजे रविकी आमा ४५ वर्षीया विष्णा ओडको करेन्ट लागेर मृत्यु भएको हो ।

प्रहरीका अनुसार बुधबार बिहान करेन्ट लागेपछि उनलाई उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको हो ।
पानी तान्ने क्रममा मोटरबाट करेन्ट लागेर घाइते विष्णालाई उपचारका लागि सेती अञ्चल अस्पताल लगिएको थियो । अस्पताल पुर्याउन साथ उनलाई चिकित्सकले मृत घोषित गरेका थिए ।
विष्णा रविकी कान्छी आमा हुन् । जन्मदिने आमाको सानैमा मृत्यु भएपछि रविका बावुले विष्णासँग दोस्रो विवाह गरेका थिए । रवि उनै विष्णाको माया मतताबाट हुर्कीएका थिए ।

बाल्यकालमा आफ्नै आमाको जस्तै स्नेतहमा हुर्किएका रविले सानीआमासँग आइडल विजेताका रुपमा राम्ररी खुसी साट्न नपाउँदै दुःखद घटना घटेको हो ।

रविको आमा
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।