काठमाडौं १८ पुस । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । संसदीय समितिद्धारा बुधबार सुनुवाई भएका जबराले आज बिहान राष्ट्रपति विद्यादेवी भण्डारीमार्फत शितल निवासमा सपथ ग्रहण गराएकी हुन् ।
सपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा लगायत सहभागी थिए ।
कुनै बाधा अड्चन सिर्जना नभए जबरा चार वर्षसम्म प्रधानन्यायाधीश पदमा रहने छन् । उनले आजैदेखि कार्यभार सम्हालेका छन् ।
Comments







