काठमाडौं १८ पुस । चिलिमे हाइड्रोपावर कम्पनीको २५ % लाभांश सुरक्षित गर्नेका लागि आज मौका दिन हो । चिलिमेले लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन तोकेको हो । चिलिमेले भोलिदेखि बुक क्लोज गर्दैछ ।
बुधबारसम्म कायम सेयरधनीले मात्र २५५ लाभांश पाउनेछन् । चिलिमेले गत वर्षको नाफाबाट २० % बोनस सेयर र ५ % नगद लाभांश वितरण गर्न लागेको हो ।
हाल यो कम्पनीको चुक्ता पुँजी ३ अर्ब ९६ करोड ५१ लाख १३ हजार रुपैयाँ छ । प्रस्तावित बोनस वितरणपछि पुँजी ४ अर्ब ७५ करोड ८१ लाख ३५ हजार रुपैयाँ पुग्नेछ ।
चालु आर्थिक वर्षको पहिलो त्रैमासमा यस कम्पनीले २६ करोड ७८ लाख ९८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । चिलिमेको प्रतिसेयर आम्दानी २७ रुपैयाँ ३ पैसा ९वार्षिक० र प्रतिसेयर नेटवर्थ २३२ रुपैयाँ २० पैसा छ ।