काठमाडौं २१ पुस । तपस्वीको नामबाट चर्चा र विवादमा आएका रामबहादुर बम्जन हत्या अभियोगमा जतिबेला पनि पक्राउ पर्ने सम्भावना देखिएको छ ।
मकवानपुरका सञ्चलाल वाइबाको हत्या उनीबाटै हुनसक्ने भन्दै प्रहरीले खानतलासी तिब्र पारेको छ ।

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका(६ बाँडेगाउँको तोड्केमा रहेको बम्जनको आश्रममा जिल्ला प्रहरी कार्यालय र सीआइबीको सयुक्त टोलीले शुक्रबार मध्यान्ह छापा मारेको थियो । त्यस क्रममा झण्डै दुई दर्जन नुनको खोल फेला परेको छ । कतिपयले हत्यापछि शव छिटो कुहाउन नुन प्रयोग गरेको अनुमान गरिएको छ ।

अनुसन्धानको क्रममा आश्रमभित्र केही शंकास्पद वस्तुहरु भेटिएको प्रहरीले स्रोतले जनाएको छ ।

१५ चैत २०७१ सम्म परिवारको सर्म्पकमा रहेका सञ्चलालले आफू बम्जनको शिविरमा रहेको परिवारलाई खबर गरेका थिए । तर, त्यसयता उनी सम्पर्कमा छैनन् । बम्जनका विरुद्ध पीडित परिवारले कटानी दिएपछि प्रहरीले खोजी तिब्र पारेको हो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।