काठमाडौं २३ पुस । वाइडबडी विमान खरिद अनियमिततामा आफ्नो नाम मुछिएपछि पर्यटनमन्त्री रविन्द्र अधिकारीले आफ्नो कुनै गल्ती नभएको दाबी गरेका छन् । सोमबार पत्रकार सम्मेलन गरेर उनले अनुमान र पूर्वाग्रहका आधारमा वाइडबडी विमान खरिदमा आफ्नो नाम जोडेको समेत बताएका छन् ।
मन्त्री अधिकारीले महालेखाले प्रश्न उठाएपनि कानुनको अन्तिम ब्याख्या गर्ने निकाय सर्वोच्च अदालतको २७ मंसिर २०७४ को आदेश अनुसार आफूले किस्ता रोक्न सक्ने अवस्था नभएको बताएका छन् ।
लेखा समिति अन्तर्गतको उपसमितिमा मन्त्री अधिकारीलाई पनि कारबाही सिफारिस गरेको थियो । महालेखा परीक्षकको कार्यालयले विमान खरिदमा प्रश्न उठाइसकेपछि अन्तिम किस्ता भुक्तानी दिएको, संसदीय समितिमा ढाँटेको लगायतका कारण विमान खरिदमा भएको अमियमिततामा संलग्नता रहेको उपसमितिको दाबी छ ।
Comments







