प्रचण्डले संविधानसभाभित्रै नेम्वाङलाई असफल व्यक्तिको संज्ञा दिए

फागुन ६ काठमाडौं । संविधानसभाको पहिलो र दोस्रो दल नेपाली कांग्रेस र नेकपा एमालेको साथमा सभामुख पद गएपछि एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल संविधानसभा भवनभित्रै आक्रोशित बनेका छन् ।
सभामुख चयनको प्रक्रियाका क्रममा संविधानसभा बैठकमा आफ्नो विचार राख्दै अध्यक्ष दाहालले घुमाउरो पारामा सुवासचन्द्र नेम्वाङलाई असफल भईसकेको व्यक्ति भन्दै आक्रोश पोखेका थिए ।
दाहालले पूरानै भूल दोहोरिने लक्षण देखिन थालेकाले फेरि संविधान नबन्ने खतरा आएको समेत बताएका थिए । संविधानसभामा पूरानै नेताको उपस्थिति र अध्यक्षमा फेरि पुरानै व्यक्तिको चयनले संकेत राम्रो नदिएको उनको भनाई छ ।
विगतमा हामी सबै असफल भएकै हौं, संविधान बनाउन नसकेर संविधानसभा अध्यक्ष सुवास नेम्वाङ पनि असफल सावित भएकै हुन्’ दाहालले भने, हामीबाट पूरानै भूल दोहोरिने र संविधान नबन्ने खतरा रहन्छ ।’
विगतमा २ वर्ष थपेर पनि संविधान बनाउन नसकिएको संविधान अब बन्छ भन्ने विश्वास दिलाउन जरुरी रहेको भन्दै अध्यक्ष दाहालले विगतमा जेठ १४ गते राति बालुवाटारबाट सोझै संविधानभा नआएर बीचमै सिंहदरवारमा अल्झिएर गल्ती भएकाले त्यतिखेर सभाअध्यक्ष नेम्वाङले सिधै संविधानसभा भवनमा  जाउ“ भनेर नेतृत्व लिन नसक्नु उनको कमजोरी भएको आरोप लगाए ।
हिजोको भूल नसच्याए र नया“ संकल्प गरेर अगाडि नबढे एतिहासिक प्रक्रिया फेरि संकटमा पर्ने सम्भावना रहेको पनि उनले औल्याएका छन् ।
संविधानसभाको बैठकमा बोल्दै अध्यक्ष दाहालले  दुई ठूला पार्टीले सहमति र सहकार्य भन्दा पनि संख्याको आधारमा अन्यलाई पेल्ने मनसाय देखाएको भनेर पनि आक्रोश पोखेका थिए । 
दुई पार्टी मिलेपछि जे पनि गर्न सकिन्छ भन्ने मनसाय देखिएको छ’ उनले भर्ने सहमति र सहकार्यको कुरा गरिएपनि व्यवहार अर्कै गरिदैंछ ।’
बैठकमा बोल्दै दाहालले संविधानसभामा सहमतिको वातावरण बनोस भनेर नै विपक्षी गठबन्धनबाट अध्यक्षमा उम्मेदवारी नदिएको र त्यसलाई कमजोरी नठान्न आग्रह गरे ।
Comments
spot_img

More like this

मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा

जनकपुरधाम, ८ साउनः मधेस प्रदेशमा हालसम्म ७८ दशमलव ५९ प्रतिशत रोपाइँ भएको छ । यो तीन लाख...

आठ पटक मन्त्री बनेका विष्णु पौडेलको कष्टडीसम्मको यात्रा

काठमाडौं । सम्पत्ति शुद्धिकरण मुद्दामा कष्टडीमा रहेका पूर्व मन्त्री तथा एमाले नेता विष्णु पौडेललाई एमालेभित्र एमालेको ‘माडे’...

फुटबलमा टाउकाेमाथि हात क्रसको अर्थ के हुन्छ ? इजिप्टका...

काठमाडौं । तपाईले हिजो राती अर्जेटिना र इजिप्टको खेल पक्कै हेर्नु भयो । नहेरेपनि हल्ला, चर्चा र...