एक्ला उम्मेदवार भएपछि निर्विरोध नेम्वाङ बने पुनः सभामुख

फागुन ६ । संविधानसभाको अध्यक्षमा एमालेका सुवासचन्द्र नेम्वाङ  निर्विरोध निर्वाचित भएका छन् ।
मंगलबार भएको निर्वाचनमा संविधानसभाको अध्यक्षका लागि नेम्वाङको मात्रै उम्मेदवारी परेपछि उनी संविधानसभाको बैठकबाट स्वतः निर्वाचित भएका हुन् । 
त्यसअघि एमाले संसदीय दलका नेता केपी ओलीले नेम्वाङलाई सभाध्यक्ष बनाउन प्रस्ताव पेश गरेका थिए भने कांग्रेस नेता कृष्ण सिटौलाले नेम्वाङको उम्मेदवारीलाई समर्थन गरेका थिए ।  एमाले र कांग्रेसविच माघ २६ मा भएको सात बुदे सहमतीमा एमालेलाई सभामुख दिने सहमती भएको थियो । 
एकीकृत माओवादी लगायतका विपक्षी दलहरुले समेत नेम्वाङको विपक्षमा मत दिएनन् । उनीहरुले पनि सभाको अध्यक्षमा विवाद गर्नु उचित नहुने भन्दै नेम्वाङलाई समर्थन गरेका थिए । 
माओवादीले सुरुमा आफ्नो तर्फबाट नेता कृष्णबहादुर महरालाई सभाअध्यक्षमा अघि सार्ने बताएपनि अन्तिममा आएर महराको उम्मेवदारी परेन् । माओवादीले सभामुखमा उम्मेवदारी नदिएपछि नेम्वाङ निर्विरोध सभाअध्यक्ष चयन भएका हुन् । 
एमाले नेता नेम्वाङ पहिलो संविधानसभाको पनि अध्यक्ष रहेका थिए । नेम्वाङ सभामुख हुदा नै संविधानसभा विघट्न भएको थियो । कानुनमा स्नातक गरेका नेम्वाङ यसअघिको व्यवस्थापिका संसदमा सभामुख,२०५६ कानुन,न्याय तथा संसदीय व्यवस्था मन्त्री,सामान्य प्रशासन मन्त्री र संसदको सावजनिक लेखा समितीको अध्यक्ष समेत भइसकेका छन् ।
Comments
spot_img

More like this

मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा

जनकपुरधाम, ८ साउनः मधेस प्रदेशमा हालसम्म ७८ दशमलव ५९ प्रतिशत रोपाइँ भएको छ । यो तीन लाख...

स्पेन बन्याे फिफा २०२६ काे विश्व विजेता

काठमाडाैं । डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनालाई अतिरिक्त समयमा १-० गोलले पराजित गर्दै स्पेन दोस्रोपटक विश्व विजेता बनेको छ...

आठ पटक मन्त्री बनेका विष्णु पौडेलको कष्टडीसम्मको यात्रा

काठमाडौं । सम्पत्ति शुद्धिकरण मुद्दामा कष्टडीमा रहेका पूर्व मन्त्री तथा एमाले नेता विष्णु पौडेललाई एमालेभित्र एमालेको ‘माडे’...