संसदमा ‘लुट्न सके लुट’ गित गाए एक महिनाको तलब

काठमाडौं ६ फागुन । नेकपाका सांसद झपट रावलले ‘लुट्न सके लुट’ नामको पशुपति शर्माको गितलाई संसदमा सांसदले गाए एक महिनाको तलब दिने चुनौती दिएका छन् ।

शर्माकाे गित संसदमा गाउन समेत नसकिने खालको भएकोप्रति संकेत गर्दै उनले अर्का सांसदलाई गित गाएर देखाए एक महिनाको तलब दिने चुनौती दिएका हुन् ।

प्रतिनिधिसभाको सोमबार बसेको बैठकको शून्य समयमा यस्तो चुनौती पेश भएको हो । तर, उनको चुनौती आउन अघि कांग्रेस सांसद अमरेशकुमार सिंहले पशुपति शर्मालाई जनताको गित खाएको भन्दै २५ हजार रुपैयाँ पुरस्कार दिने घोषणा गरेका थिए ।

उनले जनताको बोली गाउने गायक भन्दै शर्मालाई फागुन महिनाको पारिश्रमिकबाट २५ हजार रुपैयाँ पुरस्कार दिने घोषणा गरेपछि सत्तारुढ दलका सांसदले त्यहीँ गित संसदमा खाएर सुनाए उल्टो एक महिनाको तलब सांसदलाई दिने घोषणा गरेका हुन् । सांसदहरुको दोहोरीले सोमबारको बैठक पनि रोचक बनेको थियो ।