काठमाडौं २५ चैत । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले बोलाएको बैठक बरिष्ठ नेता कृष्ण सिटौलाले बहिस्कार गरेका छन् । कार्यसम्पादन समितिको टुंगो लगाउने प्रयास शिर्ष नेताहरुको बैठक देउवाले बोलाएपनि सिटौलाले बहिस्कार गरेका हुन् ।
कार्यसम्पादन समितिमा देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले ६०÷४० को भागवण्डा गरेपछि सिटौला असन्तुष्ट बनेका हुन् ।
देउवा र पौडेल पक्षको विवाद भागबन्डाका आधारमा साम्य भएपनि सिटौला पक्ष भने त्यसमा असन्तुष्ट देखिएको छ ।
Comments