नवलपरासीको कावासोतीमा रहेको गौरीशंकर डेभलपमेन्ट बैंकको हाताबाटै क्यास काउण्डरमा ब्याज बुझाउन बसेका भारतीपुरका खुमबहादुर थापाको ब्यागसहित रकम चोरी भएको हो । थापा रामशाह निमावि भारतीपुरका प्रधानाध्यापक समेत हुन् । थापाले शिक्षकहरुलाई तलब दिनका लागि बैंकबाट रकम झिकेको बताइएको छ ।
राष्ट्रिय बाणिज्य बैंक कावासोतीबाट पैसा निकालेर संगै रहेको गौरी शंकर डेभलपमेन्ट बैंकमा ब्याज बुझाउन छिरेका बेला बैंकका गार्डले झोला भुँईमा राखेर मात्र लाइनमा बस्न लगाउँदा झोला चोरी भएको बताइएको छ ।
Comments








