काठमाडौं २८ चैत । सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव विष्णु पौडेल ठगीमा परेको बताएका छन् ।

बिहीबार मन्त्रिपरिषद बैठकका निर्णय सुनाउँदै उनले पौडेललाई झुक्याइएको समेत बताए । ‘उहाँ फर्जीमा संलग्न भएको होइन नि। उहाँ अपराधी होइन, जग्गा रहेछ नक्कली ठगीमा पर्नुभयो, जसले जग्गा किन्यो त्यो संलग्न हुँदैन। उहाँलाई झुक्याइएछ’ बास्कोटाले भने ।

उक्त जग्गा रोक्का गरिसकेको भन्दै सरकारले जग्गा रोकेर एक्सन गरिसकेको समेत बताए । सरकारी जग्गा किनेको भए कसैलाई पनि नछाड्ने भन्दै उनले सार्वजानिक जग्गा संरक्षणको दायित्व सरकारकै भएको बताए ।

प्रधानमन्त्री निवास किनबेच नभएको भन्दै ललिता निवासको जग्गामा समस्या देखिएकोले सत्यतथ्य छानविन गर्न सरकारले समिति बनाएको पनि बताए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।