माघ २९ । यसअघिको सहमति अनुसार गृहमन्त्रालय दिनबाट कांग्रेस पछि हटेको भन्दै नेकपा एमाले सरकारमा नजानेमा पुगेको छ ।
सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा सोमबार बसेको एमाले स्थायी कमिटी बैठकले कांग्रेसले गृह मन्त्रालय नदिने निर्णय गरेपछि सरकारमा सहभागी नहुने निर्णय गरेको हो ।
बैठकपछि सचिव विष्णु पौडेलले मन्त्रालय बाँडफाँड बारे आइतबार भएको सहमतिबाट कांग्रेस पछि हटेको निष्कर्ष सहित पूर्व सहमति कार्यन्वयन नभएसम्म सरकारमा नजाने निर्णय भएको बताए ।
स्थायी समिति बैठकले सभामुखका लागि पूर्व सभामुख समेत रहेका नेता सुवासचन्द्र नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । यसअघि गत आइतबार कांग्रेससँग एमालेका सभामुख उम्मेदवारलाई कांग्रेसले सहयोग गर्ने सहमति भएको थियो ।
एमालेले प्रधानमन्त्रीको सपथ कार्यक्रम बहिष्कार गर्ने निर्णय गरेपनि एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री झलनाथ खनाल र एमाले वरिष्ठ नेता माधवकुमार नेपाल भने सपथ ग्रहण कार्यक्रममा सहभागी भएका थिए ।
Comments