काठमाडौं । मेगा बैंक नेपालले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकमा गत वर्षको तुलनामा १३१.३३ % ले वृद्धि गरेको छ ।

बैंकले यस त्रैमासमा १ अर्ब २१ करोड ४२ लाख ८२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको हो । गत वर्ष मेगाले यसै अवधिमा ५२ करोड ४९ लाख ४ हजार मात्र खुद नाफा कमाएको थियो । चैत मसान्तसम्म यसको वितरण योग्य नाफा ७६ करोड ७४ लाख ९३ हजार रुपैयाँ रहेको छ ।

खुद ब्याज आम्दानी र सञ्चालन नाफा लगायतमा आकर्षक सुधार भएपछि मेगाको खुद नाफा माथि जान सकेको हो । गत वर्षको तुलनामा बैंकको खुद ब्याज आम्दानी १११.५९% ले बढेर २ अर्ब ७५ करोड २७ लाख ९६ हजार रुपैयाँ पुगेको छ । यस्तै, यो त्रैमाससम्म सञ्चालन नाफा १ अर्ब ७० करोड ५७ लाख ८५ हजार रुपैयाँ छ । गत वर्षको तुलनामा सञ्चालन नाफा १३०.७३% ले धेरै हो ।

मेगाको चुक्ता पुँजी १० अर्ब २८ करोड ५५ लाख २६ हजार रुपैयाँबाट बढेर १० अर्ब ३८ करोड ८६ लाख २१ हजार रुपैयाँ पुगेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।