काठमाडौं । विद्यालय शिक्षा विकास कार्यक्रम (एसएसडिपी) का लागि दातृ निकायले नेपाललाई दिन प्रतिबद्धता गरेको चार अर्बभन्दा बढी रकम निकासा रोकिएको छ ।

रकम प्राप्तिका लागि भएको सम्झौताअनुसार विद्यालय शिक्षा विकासका कार्यक्रममा प्रगति नहुँदा र कतिपय कार्यक्रमको स्थानीय तहबाट प्रगति विवरण नै नआउँदा अनुदान रोकिएको हो ।

शिक्षा मन्त्रालयका एक सहसचिवका अनुसार अहिलेसम्म आउनुपर्ने दुई अर्बभन्दा बढी रकम दाताले दिएका छैनन् । साउनसम्म प्रगति अहिलेकै अवस्थामा रहे चार करोड अमेरिकी डलर (चार अर्ब रुपैयाँभन्दा बढी) नआउने जोखिम रहेको उनले बताए ।, समाचार नयाँ पत्रिका दैनिकमा छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।