राष्ट्रपतिलाई कहिल्यै पनि कुर्चीबाट नहटाउने भनेका छैनौं : महत

माघ २५ । नेपाली काङ्ग्रेसका नेता डा. प्रकासशरण महतले राष्ट्रपतिको निर्वाचनका विषयमा आफ्नो दल रोवर्ट जस्तो नहुने बताएका छन् । 
वरिष्ठ नेता शेरवहादुर देउवा निकट मानिने महतले शनिवार राजधानीमा आयोजित एक कार्यक्रममा यस्तो बताएका हुन् । 
राष्ट्रपतिको निर्वाचन कुनै पनि हालतमा गर्नु नहुने पक्षमा काङ्ग्रेसले आफ्नो भनाई प्रस्तुत गरिरहेका बेलामा महतले भने आफ्नो दलले राष्ट्रपतिलाई कहिल्यै पनि कुर्चीबाट नहटाउँने पक्षको वकालत नगरेको दाबी गरे ।  
‘हामीले उहाँ (राष्ट्रपति)लाई लोकप्रीयताका आधारमा पनि नहटाउँने भनेको होइन,’ उनले भने ‘अहिले सरकार सञ्चालन र संविधान निर्माणको काममा बढी केन्द्रित बनौँ मात्र भन्न खोजेको हो ।’ उनले राष्ट्रपतिको निर्वाचनका वारेमा छलफल गर्न आफ्नो दल तयार रहेको पनि बताए । उनले सबै दलबीच सहमति गरेर अघि बढेको अवस्थामा एक वर्षभित्रमा संविधान जारी हुने पनि दाबी गरे ।
Comments
spot_img

More like this

मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा

जनकपुरधाम, ८ साउनः मधेस प्रदेशमा हालसम्म ७८ दशमलव ५९ प्रतिशत रोपाइँ भएको छ । यो तीन लाख...

आठ पटक मन्त्री बनेका विष्णु पौडेलको कष्टडीसम्मको यात्रा

काठमाडौं । सम्पत्ति शुद्धिकरण मुद्दामा कष्टडीमा रहेका पूर्व मन्त्री तथा एमाले नेता विष्णु पौडेललाई एमालेभित्र एमालेको ‘माडे’...

फुटबलमा टाउकाेमाथि हात क्रसको अर्थ के हुन्छ ? इजिप्टका...

काठमाडौं । तपाईले हिजो राती अर्जेटिना र इजिप्टको खेल पक्कै हेर्नु भयो । नहेरेपनि हल्ला, चर्चा र...