बाबुरामले उत्तर दिन नसकेको त्यो प्रश्न !

काठमाडौं । बुवाको मुख हेर्ने दिन अर्थात १३ भदौं– धेरैले आफ्नो बुवाको फोटो सामाजिक सञ्जाल ट्विटिए फेसबुकमा शेयर गरें, सम्झिए । त्यसको भोलिपल्ट पूर्वप्रधानमन्त्री समेत रहेका डा. बाबुराम भट्टराईले छोरीको एउटा फोटो टिव्टिए । फोटो क्याम्सनमा लेखिएको थियो– ‘हिजो बुबाको मुख हेर्ने दिन, आज खोज्दै जाँदा यो फोटो भेटें । छोरी मानुषी र म । छोरीहरुको जय होस् ।’

फोटो पोष्टिन साथ नग्मा नज्जुले बाबुरामले सायदै नसोचेको प्रश्न तेस्र्याइन्– ‘होएर इज माइ बाबा’ अर्थात ‘मेरा बुबा कहाँ छन् ?’
बाबुराम सशस्त्र १० वर्षे जनयुद्धका जनसरकार प्रमुख हुन् । त्यसैले जनयुद्धका घाइते, अपांग तथा बेपत्ता परिवारबाट यस्ता उत्तर आइरहन्छन् । तर बाबुराम भने यस्ता उत्तरको जवाफ नदिई तर्किन बाध्य छन् । त्यहीँ फोटोमा पनि गोविन्द अधिकारीले नरभक्षीहरु बोल्दैनन् भनेका छन् ।

काठमाडौं ब्लुज नामका ट्विटेले मुक्तिनाथ अधिकारी पनि कसैको बा थिए, स्वर्गको सपनाको लागि जिउँदै रुखमा बाँधेर गोली ठोक्नु भईहाल्नु भो डाक्टर साब भनेका छन् । राजा दाईले लाज पनि नलाग्नै है भन्दै बाबुरामलाई गिज्याएका छन् ।

माओवादीलाई खतरा
राजतन्त्र अन्त्य, संविधानसभा, संघीयता जस्ता माग राखेर जनयुद्ध गरेको माओवादीहरुले पूर्ण सफलता हासिल नगरे पनि देश उनीहरुकै मुद्धामा अहिले पनि हिडिरहेको छ । तर, माओवादीहरु भने टुट्टै फुट्दै दर्जन संख्यामा छरिएका छन् । दर्जन संख्यामा भएपनि माओवादीलाई खतरा भने टरेको छैन । जुनसुकै बेला पनि द्धन्द्धकालिन मुद्धामा माओवादीहरु कमजोर हुन साथ जेल जान सक्ने खतरा टरेको छैन । केही दिन अघि मात्र तत्कालिन नेकपा माओवादीका अध्यक्ष तथा हाल नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यो व्यवस्था फेल गराउन खोजिरहेको र फेल गराएर सबै माओवादीलाई जेल हाल्ने षड्यन्त्र भइरहेको बताएका थिए ।

माओवादी पक्षधरहरु भने प्रचण्ड, बाबुराम, वैद्य, विप्लव सबै मिलेर द्धन्द्धकालिन मुद्धा टुंगो लगाउन दबाब दिनुपर्ने, अहिलेका उपलब्धीको रक्षा गर्दै एकजुट भएर अघि बढ्नुपर्ने विचार राखीरहेको पाउन सकिन्छ ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।