काठमाडौं । चिनियाँ विदेशमन्त्रीसहित १६ जना प्रतिनिधिमण्डल चढेको जेट नेपाली आकाशमा १५ मिनेट फन्को मार्दै बस्नु परेको छ । चिनियाँ विदेश मन्त्री वाङ यी सवार बी–८१३५ उडान नम्बर भएको जेट पाकिस्तानबाट भारतको लखनउको रुट हुँदै काठमाडौं आइपुगेको थियो । तर, काठमाडौंको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा बस्ने तरखर गर्दै गर्दा विमानस्थल नै बन्द हुन पुग्यो ।
यसरी बन्द भने अन्य कारणले नभएर मौसमको खराबीले भएको थियो । आइतबार साँझ ५ बजेर ३२ मिनेटमा विमानस्थल बन्द गरिएको थियो । विमानस्थल बन्द भए लगत्तै काठमाडौंदेखि २७ किलोमिटर पर उक्त जेट विमान होल्ड (आकासमै फन्को लगाउनु) मा परेको थियो । मौसममा सुधार भएपछि ५ बजेर ४२ मिनेटमा धावनमार्ग खुला गरिएको थियो । विदेशमन्त्रीको विमान ५ बजेर ५७ मिनेटमा काठमाडौं विमानस्थलमा अवतरण भएको थियो ।
Comments







