काठमाडौं । विभिन्न यातायात समिति तथा यातायात व्यवसायी संघको रोक्का रहेको खाता फुकुवा हुने भएकोे छ । राष्ट्र बैंकले रोक्का रहेको खाता फुकुवा गरी रुपान्तरित कम्पनीमा सार्न बैंकहरुलाई निर्देशन द्रिएको हो ।

कम्पनीमा दर्ता भएका समिति तथा संघको खाता मात्र रुपमान्तरण गर्न मिल्ने भएको छ । अर्थ मन्त्रालयले गत वैशाख २३ गते समिति तथा संघको चल अचल सम्पत्तिको खाता रोक्का गरिदिन नेपाल राष्ट्र बैंकलाई भनेको थियो । यसले प्रदेश १ को ३२ वटा, प्रदेश २ को १० वटा, प्रदेश ३ को ११८ वटा, प्रदेश ४ को २४ वटा, प्रदेश ५ को ४० वटा, प्रदेश ६ को १२ वटा र प्रदेश ७ को ९ वटा विभिन्न यातायात व्यवसायी संघ र समितिको नाममा रहेको खाता रोक्का भएको थियो ।

नेपाल सरकारको साउन १६ गतेको निर्णय अनुसार अर्थमन्त्रालय वित्तिय क्षेत्र व्यवस्थापन तथा सँस्थान समन्वय महाशाखाले भदौ १२ मा रोक्का रहेको खाता रुपान्तरित कम्पनीमा सार्ने व्यवस्था मिलाई दिन पुनः पत्राचार गरेपछि राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थालाई सोही बमोजिम गराउन निर्देशन दिएको हो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।