काठमाडौं । योगेन्द्र घिसिङ पूर्व सांसद हुन् । उनी अहिले प्रहरी नियन्त्रणमा छन् । प्रहरी नियन्त्रण पुग्नुको कारण भने सार्वजनिक बसमा एक युवतीमाथि दुर्व्यवहार गरेको आरोप हो ।

प्रहरीका अनुसार घिसिङले सार्वजनिक यातायातमा एक युवतीमाथि दुर्व्यवहार गरेका थिए । लगत्तै युवतीले प्रतिकार गरेकी थिइन् । युवतीले प्रतिकार गरेपछि बसमा सवार अन्य यात्रुले घिसिङलाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका थिए ।

प्रहरीका अनुसार उनी एकान्तकुनाबाट प्रकाउ परेका हुन् । प्रहरीले घिसिङ विरुद्ध उजुरी दर्ता गरेर कारवाही प्रकृया अगाडि बढाएको जनाइएको छ ।

माओवादीबाट कारबाही परेका थिए घिसिङ
घिसिङ तत्कालिन माओवादी केन्द्रको तर्फबाट समानुपतिक सांसद बनेका थिए । तत्कालिन नेकपा माओवादी केन्द्रे २०७४ साल वैशाखमा घिसिङलाई पार्टीबाट निस्कासन गरेको थियो । पार्टी नीति, विधिविपरीत काम गरेको भन्दै माओवादी केन्द्रको ललितपुर जिल्ला कार्यसमितिले घिसिङलाई साधारण सदस्यसमेत नरहने गरी हटाएको थियो । घिसिङ ललितपुर जिल्लाको सचिवालय सदस्य पनि थिए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।