काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको सम्बन्ध अझै सुध्रिएको छैन ।
ओली सिंगापुरमा उपचार गराई फर्किएको चार दिन पुगे पनि नेपालसँग कुराकानी भएको छैन । उहाँरूबीच ५ भदौमा बसेको सचिवालय बैठकमा चर्काचर्की परेको थियो ।
नेपालले स्वास्थ्यलाभको कामना गर्दा प्रधानमन्त्रीले ‘आवश्यक छैन’ भनेपछि बाझाबाझ परेको थियो ।
बैठकै असामान्य हुने अवस्थामा अर्का अध्यक्ष पुष्पकमल दाहाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, सचिवालय सदस्य वामदेव गौतमलगायत नेताले हस्तक्षेप गर्नुभएको थियो ।
Comments