काठमाडौं, माघ । दशौं बार्षिकोत्सवको अवसरमा नेपाल टेलिकमले आफ्ना मोबाइल सेवाग्राहीलाई ५० प्रतिशत छुट दिने भएको छ ।
टेलिकममले आफ्नै नेटवर्क भित्र हुने कलमा हरेक कलको महशुल दरमा ५० प्रतिशत छुट दिने भएको हो ।
यो सुविधा जीएसएम र सीडीएमए मोबाइलको पोष्टपेड र प्रिपेड दुवैमा दिन लागेको टेलिकम प्रवक्ता राजेश जोशीद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।
यो सुविधा माघ २१ देखि २३ गते सम्म रहने टेलिकमले जनाएको छ ।
Comments