काठमाडौ, माघ । दुई साता अघिदेखि राजधानीमा चलेको एमाओवादी केन्द्रीय समिति बैठकले अध्यक्ष पुष्पकमल दाहाललाई संसदीय दलको नेता चयन गर्यो । शनिबार सम्पन्न उक्त बैठकले नेताको जिम्मेवारी हेरफेर, तथा बैशाख १८ मा सांगठनिक राष्ट्रिय सम्मेलन गर्ने निर्णयसहित दाहाललाई दलको नेता चयन गरेको थियो ।
तर उक्त बैठकले संसदीय दलको नेता कसलाई बनाउने, मुख्य सचेतक कसलाई बनाउने भन्ने विषयमा भने कुनै निर्णय गरेन ।
बैठकमा सहभागी एक नेताले भने संविधानसभा बन्ने ग्यारेन्टी गर्न आफ्नो पार्टीको पनि सहभागिताबारे महत्व औंलाउँदै आफ्नो भागमा सभामुख पद आएमा नेता कृष्ण बहादुर महरालाई बनाउने एमाओवादीको तयारी रहेको बताए ।
संविधान निर्माणका क्रममा जिम्मेवारी बाँडफाँडमा आफ्नो पार्टीको पनि दाबी विरोध रहने र सभामुख आफ्नो पार्टीको जिम्मेवारीमा आयो भने महरालाई बनाइने विषयमा कुराकानी भईरहेको बारे बैठकमा जानकारी गराइएको ती नेताले बताए ।
संसदीय दलको उपनेतामा भने नेता टोप बहादुर रायमाझी तथा मुख्य सचेतकमा भने गिरिराजमणी पोखरेललाई बनाउने विषय पार्टीमा छलफल भईरहेको पनि बैठकमा जानकारी गराइएको थियो । तर केन्द्रीय समिति बैठकले उक्त कुराको निर्णय भने गरेको छैन । रायमाझी नेता बाबुराम भट्टराई पक्षधर हुन् भने पोखरेल नारायणकाजी श्रेष्ठ पक्षका नेता हुन् ।
नेता हरिबोल गजुरेलले भने उपनेता तथा सचेतकको विषय पार्टी कार्यालयले टुंगो लगाउने जानकारी दिएका छन् ।

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।