काठमाडौ, १९ माघ । व्यवस्थापिका संसदले ११ महिना अघि राष्ट्रपतिद्धारा जारि गरिएको बाधा अड्काउ फुकाउ आदेश सम्बन्धी तीन अध्यादेश दुईतिहाई बहुमतबाट पारित गरेको छ । आइतबार बसेको ब्यवस्थापिका संसदको बैठकले बाधा अडकाउ फुकाउ आदेस सहितका तीन अध्यायदेश दुई तिहाई बहुमतबाट पारित गरेको छ । 
बहालवाला प्रधानन्यायाधीश खिलराज रेग्मीलाई कार्यकारी सरकार प्रमुख बनाउन बाधा अडकाउ फुकाउ आदेशबाट अन्तरिम संबिधान संशोधन गरेको थियो । दलिय सहमतिमा तत्तकालिन सरकारको सिफारिसमा राष्ट्रपति डा. रामवरण यादवले २५ बुदे बाधाअड्काउ फुकाउ आदेश जारि गरेका थिए । राष्ट्रपतिद्धारा जारि गरिएको बाधा अडकाउ फुकाउ आदेशलाई ब्यवस्थापिका संसदले पारित गरेको छ । बाधाअड्काउ आदेशबाट अन्तरिम संबिधान संशोधन भएपछि बहालवाला प्रधानन्यायाधीश कार्यपालिकाको प्रमुख बनेका थिए । 
कसको नेतृत्वमा सरकार गठन गर्ने भन्ने बिषयमा राजनीतिक दलहरुबिच सहमति हुन नसकेपछि तत्तकालिन सरकारले १ चैत  ०६९ मा बाधा अडकाउ फुकाउ आदेश सिफारिस गरेको थियो । तत्तकालिन सरकारको सिफारिसमा राष्ट्रपति यादवद्धारा जारि गरिएको अध्यादेश ब्यवस्थापिका संसदले पारित गरेको हो । आइतबार ब्यवस्थापिका संसदमा उपस्थित ५११ सभासद् मध्य ४९२ सभासदले अध्यादेशको पक्षमा मतदान गरेका थिए भने अध्यादेशको बिपक्षमा १४ र २ सभासद् तटस्थ वसेका थिए ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।