काठमाडौं, १९ माघ । राष्ट्रपति डा. रामवरण यादवले दिएको समयसिमामा कांग्रेस सभापति सुशिल कोइरालाको नेतृत्वमा सहमतीय सरकार गठनको कांग्रेस प्रयास असफल भएको छ ।
अब राष्ट्रपतिले दलहरुले सहमतीय सरकारका लागि समय माग गरेमा सहमतिका लागि समय थप गरिने नत्र भने बहमुतीय प्रक्रियाका लागि आह्वान गर्ने राष्ट्रपतिका प्रेस सल्लाहकार राजेन्द्र दाहालले जानकारी दिए ।

अन्तिम सयमसम्म पनि सहमतीय सरकार बन्ने कुनै छाट नदेखिएपछि कांग्रेस सभापति सुशिल कोइरालाले सोमबार सहमतिको सरकार सम्भव नरहेको भन्दै टेलिफोन मार्फत सहमतिको सरकार गठनका लागि थप समय आवश्यक नपर्ने राष्ट्रपतिलाई जानकारी गराएको स्रोतको दाबी छ । कोइरालाले राष्ट्रपतिलाई बहुमतीय प्रक्रिया सुरु गर्न समेत आग्रह गरेको बताइएको छ ।

शितल निवास स्रोतका अनुसार सोमबार राष्ट्रपतिले अन्तरिम संविधानको धारा ३८ (२) अनुसार सरकार गठन गर्न आह्वान गर्ने छन् ।

यसअघि राष्ट्रपतिले सहमतीय सरकार गठनका लागि आइतबारसम्म एक साताको समय दिएका थिए । उक्त समयमा कांग्रेसले सहमति जुटाउने प्रयास स्वरुप आइतबार सर्वदलीय बैठक राखे पनि कुनै सहमति बन्न सकेन । उक्त बैठकमा तेस्रो दल एमाओवादी उपस्थित नै भएन । कांगेसको कमजोर पहल कदमी र एमाओवादी र चौथो दल राप्रपा नेपालको प्रतिपक्षमा बस्ने अडानका कारण पनि सहमतीय सरकार बन्न नसकेको राजनीतिक विश्लेषकहरुको ठम्याई छ ।

नेपाली कांग्रेसको आह्वानमा सोमबार बसेको व्यवस्थापिका बैठकमा एमाओवादीले सरकारमा सहभागी नहुने लिखित जानकारी गराएको कांग्रेस प्रवक्ता दिलेन्द्र बडूले जानकारी दिए । यसअघि राप्रपा नेपालले पनि प्रतिपक्षमा बस्ने लिखित जानकारी गराएको थियो ।

एमाओवादी अध्यक्ष दाहालले कांग्रेस ठूलो दल भएकाले उसको नेतृत्व स्वभाविक भएको भन्दै कांग्रेस एमालेलाई मिलेर सरकार बनाउन समेत भनेका छन् । कांग्रेस र एमाले मिल्दा बहुमत पुग्छ’ दाहालले भनेर्– मिलेर सरकार बनाउन्, हाम्रो शुभकामना ।’

राष्ट्रपतिले दिएको समयभित्र सरकार नबने पछि कांग्रेस सभापति सुशिल कोइरालाले अब बहुमतीय प्रक्रियाबाट नया“ सरकार गठन हुने बताएका छन् । सभापति कोइराला बहुमतीय प्रणालीमा निर्विरोध प्रधानमन्त्री बन्ने सम्भावना समेत छ । उपसभापति रामचन्द्र पौडेलले कोइरालालाई निर्विरोध प्रधानमन्त्री बनाउन अन्त्यसम्म पहल गर्ने बताएका छन् । निर्विरोध प्रधानमन्त्री बन्न संसदमा चुनाव हु“दा कोइरालाविरुद्ध कसैको पनि उम्मेदवारी पर्न हुदैन ।

दोस्रो ठूलो दल नेकपा एमालेले सरकारमा सम्मान जनक पद खोजिरहेको छ भने एमाओवादी र राप्रपा नेपालले उम्मेदवारी नदिने बताएका छन् । यसो हु“दा साना दलबाट प्रधानमन्त्रीको उम्मेदवारी नआएमा बहुमतीय प्रणालीमार्फत कोइराला निर्विरोध प्रधानमन्त्री बन्नेछन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।