काठमाडौं । बिरामीलाई उपचारका लागि हस्पिटल लैजाँदै गरेको एउटा जिप नै नदीमा खस्दा ६ जना बेपत्ता भएका छन् । संखुवासभाको खाँदबारीबाट दुईजना बिरामी लिएर गएको बोलेरो जिप धर्मदेवी नगरपालिकास्थित अक्करको भीरबाट अरुण नदीमा खस्दा ६ जना बेपत्ता हुन् ।

गाडीमा खाँदबारी–९, का प्रमेश थापामगर, कल्पना थापामगर, दुई महिनाका बालक समिर श्रेष्ठ, उनका बुबाआमा संगम श्रेष्ठ र सदीक्षा श्रेष्ठ बेपत्ता भएका छन् । गाडी चालक सन्तोष बिक पनि बेपत्ता भएका छन् ।

बिरामीको खाँदबारीमा उपचार हुन नसकेपछि थप उपचारका लागि बीपी मेमोरियल स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लैजाने क्रममा मंगलबार राति ११ बजे को १ ज ३७४९ नम्बरको बोलेरो गाडी दुर्घटना भएको हो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।