काठमाडौं । ब्राइडेड मोबाइलका पारखीहरुका लागि फेरि एउटा खुसीको खबर आएको छ । त्यो हो एप्पलले आइफोन ११, आइफोन ११ प्रो र आइफोन ११ प्रो म्याक्स बजारमा ल्याएको छ । कम्पनीले आइफोन ११ लाई आइफोन एक्सआरको अपग्रेड भर्सन भएको दाबी गरेको छ । यो फोनलाई विशेषगरी अन्य ब्रान्डका उच्च मूल्यका स्मार्टफोनसँगको प्रतिस्पर्धामा उतार्नका लागि भएको आइफोनको दाबी छ ।
१३ सेप्टेम्बरबाट प्रि अडर गर्न सकिने र २० तारिखबाट ग्राहकले पाउने सक्ने यसको विशेष भनेको क्यामेरामा आधारित छ, अहिलेको मोडलमा तीन वटा क्यामेरा समावेश छ । आइफोन ११, ११ प्रो र ११ प्रो म्याक्सको मुल्य क्रमशः ६९९, ९९९ र १०९९ डलर रहेको छ । यसकाे नेपाली मूल्य करिब ८० हजार, १ लाख १४ हजार र १ लाख २६ हजारकाे हाराहारीमा पर्न जानेछ ।
कम्पनीका अनुसार यसले एकै पटकमा विभिन्न फम्र्याट जस्तैः स्लो मोसन सेल्फी, ल्याण्डस्केप सेल्फीमा भिडियो रेकर्ड गर्न सक्नेछ । यो आइफोन वाटर प्रुफ र डस्ट रेसिस्टेन्ट रहेको कम्पनीले जनाएको छ ।







![[Exclusive] एनसेल अर्ब ठगी काण्ड: आयाेगले अध्यक्ष नदिँदा २ वर्षदेखि दराजमै थन्कियाे फाइल](https://hellokhabar.com/wp-content/uploads/2026/01/Black-and-White-Simple-Elegant-Business-Card_20260105_055326_0000-218x150.png)