काठमाडौं । पूर्णबहादुर थापा सेनापति बनेपछि उनले कठोर रणनीति लिए भने अनुशासन र नियम कानुनको पालनामा निक्कै चासो देखाए ।
नेपाली सेनामा यसवर्ष एक हजार १ सय १७ सैनिक कारबाहीमा परेका छन् । कारबाहीमा पर्नेमा जवानदेखि अधिकृत तहसम्मका सैनिक छन् ।
करणी तथा बलात्कार, मादक पदार्थ सेवन गरी होहल्ला गर्ने, झै झगडामा संलन्न, लागू औषध सेवन तथा बेचबिखन, साइबर अपराध, सवारी ज्यान मुद्दा तथा दुर्लभ वन्यजन्तको खवटा ओसार पसारमा संलग्न लगायतका अनैतिक कार्यमा संलग्नलाई कारबाही गरिएको सेनाले जनाएको छ ।
कारबाहीमा परेका मध्ये २१६ जनालाई कैद सजाय र १७५ जालाई बढुवा रोक्का गरिएको छ । ४० जनालाई एक तह घटुवा, १ सय १०१ जनाको तलबवृद्धि रोक्का गरिएको सेनाले जनाएको छ । २०७ जनालाई राजश्व जरिवाना गरिएको छ । ४७ जनालाई नसिल, ३०४ जनालाई बर्खास्त, र २३६ लाई सजेत गराइएको छ ।
मुलुकमा ९५ हजार सैनिक छन् । सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार कारबाहीमा संख्या अघिल्लो वर्षको तुलनामा बढेको छ । सेनाले पुरस्कार दण्ड सजायसम्बन्धी निर्देशिका कडाइका साथ लागू गरेको छ । प्रवक्ता पाण्डेले पुरस्कार तथा दण्ड जरिवाना लागू गरेपछि कारबाही संख्या बढेको बताए ।







