काठमाडौं । आज (मंगलबार) बिहानदेखि नै वर्षा भइरहेको छ । तपाईले भोलि वा पर्सी कस्तो होला त मौसम भनेर जान्ने इच्छा देखाइरहनु भएको छ भने आजको भन्दा खासै परिवर्तन नहुन मौसम्विदहरुले जनाएका छन् ।
मनसुनी न्यून चापीय रेखाको पश्चिमी भाग औसत स्थानको आसपासमा रहेकाले देशभर बदलीसँगै वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको भनाई छ ।
भारतको उडिसा र पश्चिम बङ्गाल आसपासमा बनेको न्यून चापीय रेखा र बङ्गालको खाडीबाट आएको जलवाष्प युक्त हावाको प्रभावले देशभर मनसुनी गतिविधि बढिरहेको मौसमविद् विभूति पौखरेले बताए । मनसुनको न्यून चापीय रेखाको औसत स्थान भन्नाले भारतको उत्तर राजस्थान, हरियाण, दिल्ली, दक्षिण–उत्तर प्रदेश, दक्षिण विहार, झारखण्ड र पश्चिम बङ्गालको खाडीलाई बुझनुपर्ने हुन्छ ।
आज देशभर आंशिकदेखि पूर्णबदली रही मध्य र पूर्वी भू–भागका धेरैजसो स्थानमा तथा पश्चिमका केही स्थानमा मेघगर्जन÷चट्ट्याङसहित हल्कादेखि मध्य वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिम र मध्य भू–भागको केही स्थानमा भारी वर्षाको सम्भावना रहेको बताइएको छ ।
“आज र भोलि देशभरि नै बदली भई वर्षा हुनेछ । बिहीबारबाट मौसम क्रमिक सुधार हुँदै जाने छ”, मौसमविद् पौखरेलले भने। हाल पूर्वी तराई, मध्य र पश्चिमका केही स्थानमा सामान्य बदली भई मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा भइरहेको साथै बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले आगामी २४ घण्टाको मौसम पूर्वानुमान जारी गर्दै देशका मध्य र पश्चिमका धेरैजसो स्थानमा तथा पूर्वका केही स्थानमा मेघगर्जन÷चट्ट्याङसहितको वर्षा हुने साथै मध्य तथा पश्चिमी भू–भागमा एक–दुई स्थानमा भारी वर्षाको सम्भावना भएकाले पहिरो जान सक्ने नदीमा पानीको बहाव बढ्न सक्ने तथा सडक र हवाई यातायातमा अवरोध आउन सक्ने भएकाले सतर्कता अपाउन आग्रह गरेको छ ।
राति देशभरि सामान्यदेखि पूर्ण बदली रही मध्य र पश्चिमका धेरै स्थानमा तथा पूर्वका केही स्थानमा मेघगर्जन÷चट्ट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भोलि देशभरि सामान्य बदली रही देशको मध्य तथा पश्चिमीका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको बताइएको छ ।
बिहीबार देशभरि सामान्यदेखि आंशिक बदली रही केही स्थानमा मेघगर्जन÷ चट्ट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेका मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकामा १०.० मिलिमिटर वर्षा भएको छ । त्यस्तै पोखरामा ७६।० मिलिमिटर, दाङमा १५.० मिलिमिटर, सिमरामा ५.० मिलिमिटर, नेपालगञ्जमा ३७.० मिलिमिटर र विराटनगरमा १५.० मिलिमिटर वर्षा भएको छ ।
भाद्र ३१
आज र भोली कोसी,बागमती,नारायणी,पूर्वी राप्ती, रिउखोला, आरूण,तिनाउ, बाणगंगा, मनहरी, लोथरखोला,लालबकैया लगायत मकबानपुर बारा,पर्सा,चितवन,नवलपरासी,रूपन्देेही,कपिलबस्तु, दाङ भई बहने नदीमा बहावले सतर्कता तह पार गर्ने, केहीमा खतरा तह आसपास पुग्न सक्ने, उच्च सतर्कता अपनाऔ । pic.twitter.com/bvWd32m6IQ— Nepal Flood Alert! नेपाल बाढी सूचना! (@DHM_FloodEWS) September 17, 2019