काठमाडौं । सरकारले घुस लिदैं गर्दा पक्राउ प्रहरी अधिकृतलाई पनि विभूषण पदक दिने भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीद्धारा तीन लाख घुस रकम लिँदै गर्दा पक्राउ परेका महानगरीय प्रहरी वृत्त बौद्धमा कार्यरत डिएसपी रमेशबहादुर सिंहलाई राष्ट्रपतिको हातबाट विभूषण पदक दिइने भएको हो ।
उनको तीन लाख घुस लिने क्रममा पक्राउ परेपछि जागिर गएको थियो भने सफाई पाएपछि पुनः सेवामा फर्किएका प्रहरी हुन् ।
पाथिभारा अनलाइनका अनुसार इन्सपेक्टर हुँदा ललितपुरमा उनी रंगेहात घुससहित पक्राउ परेका थिए भने करिब दुई वर्ष निलम्बनमा परेका थिए । नेपाल प्रहरीमा इमान्दार अधिकृत हुँदा हुँदै विवादमा फसेका उनलाई नेपाल प्रताप सुभुषण दिने निर्णय भएपछि अहिले प्रहरी संगठनभित्रै हलचल मच्चिएको छ ।
Comments




