लाखौं–लाख भ्युअर बटुल्दै कनि कनि सांसदले बोलेको भिडियो यसरी बन्यो भाइरल

काठमाडौं । यो माथि तस्बीरमा देखिएको मानिस तपाईले चिन्नु भयो होला । चिन्नु भएन भने उनी सांसद हुन् अर्थात माननीय सत्ताधारी पार्टीकै ।

हामीले हाम्रा लागि नीति नियम तथा कानुन बनाउन पठाएको यी जनप्रतिनिधी अहिले सामाजिक सञ्जाल फेसबुक ट्विटरमा निक्कै छाएकी छिन् । लाखौं लाख भ्युअर बटुलेको बटुलै छिन् । फेसबुक ट्विटरमा छाउनुको कारण भने उनले जनताको समस्या संसदमा राख्दा अकमकाएको कारणले हो ।

संसदको शून्य समयमा सभामुखले समय दिन्छन् । जनताको कुरा सरकारलाई सुनाउन कापीमा लेखेका कुरा उनले उठेर पढ्न सुरु गर्छिन् । तर आफैं लेखेको कुरा उनी आफैंले बुझ्दिनन् । उनी कनि कनि पढ्छिन् । फेरि पनि अड्किन्छिन् । अकमकिदाँ अकमकिदै १ मिनेट जान्छ । सभामुखले माइक काटिदिएपछि उनी बस्छिन् । उनले नेपाल कृषि प्रधान देश भएपनि किसानले मलजल नपाएको जनताको आवाज बोल्ने प्रयास गरेकी थिइन् । तर, अकमकिएर के के भनिपठाउँछिन् ।

उनी अकमाएपछि सँगै सिटमा बसेकी अर्की माननीय भने हाँसो रोक्न नसकेर मुख थुनी थुनी हाँसेको दृश्य भिडियोमा देख्न सकिन्छ । त्यहीँ भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
केआर ढकालले अघिल्लो बुधबार ‘के गर्न मिल्दो रैछ र ?’ भन्दै फेसबुकमा भिडियो सेयर गरेका थिए । त्यस भिडियोलाई अहिलेसम्म ५ हजार ३ सयले सेयर गरेका छन् । १८ सयले कमेन्ट गरेका छन् । २५ सयले रियाक्ट गरेका छन् । भिडियोलाई ३ लाख ६७ हजारले हेरिसकेका छन् । यो त प्रतिनिधि उदाहरण मात्र हो ।

विभिन्न ग्रुपहरुमा लाखौं लाख भिडियोले भ्युअर बटुलिरहेको छ भने कमेन्ट गर्नेहरुले गाली मात्र गरेका छन् ।

कमेन्ट गर्नेहरुले यस्ता माननीय भएपछि देश कसरी विकास हुन्छ भन्दै दुखेको पोखेको भेटिन्छ भने कतिपयले समानुपातिक र आरक्षणका कारण यस्तो भएको प्रतिक्रिया जनाएका छन् ।
धेरैको निष्कर्ष के देखिन्छ भने संसदमा बोल्ने भएपछि घरमा अभ्यास गरे यस्तो समस्या नै नआउने तर उनी सिरियस नभएको भन्ने छ । हुन पनि यी माननीयले घरमा लेखेर केही पटक पढेको भए अहिले सामाजिक रुपमा यसरी नकरात्मक प्रतिक्रिया खेपिरहनु पर्दैन थियो होला ? हेर्नुहोस् यस्तो छ भिडियोः

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।