काठमाडौं ।
यहीँ स्याउको बोट हो ।
उता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र यताका प्रधानमन्त्री केपी शर्मा ओलीलाई सिध्याउने प्रयासमा प्रयाेग गरियो ।
मोदी विरोधीले यसै स्याउलाई हतियार बनाए भने त्यहीँ सिकेर नेपालमा पनि ओली सरकारलाई गाली गर्न यहीँ स्याउको बोट प्रयोग गरियो ।
दिपा शर्मा नामक फेसबुक प्रयोगकर्ताद्धारा सन् २०१८, अक्टोबर ४ तारिख अर्थात आज भन्दा एक वर्ष अघि एक फेसबुक ग्रुपमा सेयर गरिएको यो तस्बीर तपाईले पनि पक्कै देख्नु भएको हुन सक्छ ।
स्याउ फडानीको तस्बीरसँगै लेखिएको छ– ‘आम्दानी भन्दा धेरै कर तिर्नुपर्ने भएकाले जोमसोममा किसानले आफ्नै स्याउका बोटहरु धमाधम नष्ट गर्दै । यो फोटो सरकारसम्म पुर्याउन सेयर गरौं ।’

हालसम्म दिपाको वालबाट मात्रै यो फोटोसहितको सन्देश २३ हजार पटक सेयर भएको छ । ३१७ वटा कमेन्ट र ५ हजार ५ सय रियाक्ट आएको छ ।
सरकारको विरोध गर्न अहिले यहीँ फोटो व्यापक प्रयोग भएको छ । यहीँ फोटो प्रयोग गरेर सरकार विरोधीले सरकारले किसानमारा काम गरेको, भ्रष्टचार गरेकाे, केही राम्राे काम गर्न नसकेकाे जस्ता आरोप लगाइरहेका छन् । अतः याे सरकारलाइ कमजाेर पार्ने प्रयासका सरकारी विराेधी काम भइरहेका छन् । सामान्य फेसबुक प्रयोगकर्ताले त्यसैलाई आधार मानेर पत्याउँदै सेयर गरिरहेका छन् । त्यसैले दिपाले पोष्ट मात्र २३ हजार सेयर हुन पुग्यो भने अन्य सयौंले सरकारलाई गाली गरेर यो फोटो सेयर गरेको पाउन सकिन्छ ।
वास्तविकता अर्कै
यो फोटोको वास्तविकता भने धेरै फरक छ । ४ अक्टोबर २०१८ कै दिन यो फोटो उम्माहट्वान्टीचोर डटकम नामक फेसबुक पेजमा हालिएको थियो ।
त्यो पेजमा हाल्नसाथ दिपा नामक प्रयाेगकर्ताले नेपाल सरकारले कर बढाएकै कारणा जाेमसाेममा यसरी किसानले स्याउ काटे भनेर सरकारको विरोध गर्दै नेपाली फेसबुक ग्रुपमा हालेको पाइएको हो । काश्मिरको हकहितको लागि जोड दिने उक्त पेजमा हामी जातीय एकता, न्याय, देशभक्ति र व्यक्तिगत सद्भावनालाई प्रोत्साहित गर्दछौं भन्ने सन्देश छ । फोटोसँगै काश्मिरीले स्वतन्त्रताका लागि आन्दोलन गरिरहेकाले भारतीय सेनाले हजारौं स्याउको बोट काटिदिएको र ७ हजार हतियार तैनाथ गरेको बताइएको छ । उता भारतीय सेना अर्थात माेदीकाे विराेधका लागि याे त्यहाँ नभएकाे घटनाकाे तस्बीर प्रयाेग भएकाे पाइयाे । त्यस पेजमा भने २२१ मात्र सेयर छ । हाम्रोमा भने सरकारलाई गाली गलाैज गर्दै धेरै सेयर हुन पुगेको हो ।
भारतमा पनि विवादित तस्बीर
यो तस्बीर नेपालमा सरकार विरोधीले जसरी प्रोपोगाण्डा सिर्जना गरे भारतमा पनि काश्मिर समर्थकले भारतको विरोध गर्न प्रयोग गरेको तथ्य खुलेको छ । तथ्यहरु केलाउने हो भने यो तस्बीर काश्मिर भुभागको स्याउ फडानी गरेको अवस्था नभएको भेटिन्छ ।
बमलाइभ अनलाइनका अनुसार यो स्याउका बोट हिमाञ्चल प्रदेशको सिम्लामा काटिएको हो । युट्युबमा सिम्लामा स्याउ फडानी गर्दै गरेको भिडियो समेत पाउन सकिन्छ । त्यहाँको उच्च अदालतले सरकारी जग्गा अतिक्रमण गरि प्रयाेग भएकाे तथा कृषि उत्पादन भए नष्ट गर्न आदेश दिएपछि स्याउ काटिएको बमलाइभकाे दाबी छ । यसैलाई काश्मिरीले भारतको विरोध गर्न प्रयोग गरे भने नेपालमा सरकारलाई विरोध गरेर कमजोर पार्न विरोधीले प्रयोग गरेको भेटिन्छ ।
कानुनको फन्दामा फस्न सक्छन् सर्वसाधरण
सर्वसाधरणले बुझ्दै नबुझी झुटो कुरा सेयर गर्ने, लाइक तथा कमेन्ट गर्दा साइबर अपराधमा जेल जाने सम्भावना उति नै हुन्छ । आफैंले नलेखे पनि झुटो तथा अफबाह कुरामा लाइक सेयर तथा कमेन्ट गरे त्यो व्यक्ति पनि सजायको भागीदार हुने कानुनी व्यवस्था छ ।








