नतर्सिनुस् यो जाम नौबिसे नागढुंगाको हो

काठमाडौं । यो जाम नौबिसे नागढुंगाको हो । तस्बीर देखेर नतर्सिनुस् किनकी नौबिसे नागढुंगाको यहीँ जाममा यो बाटो भएर आवतजावत गर्ने यात्रुहरु घण्टौं जाममा परिरहेका छन् ।

चाडपर्वको बेला सँधै नै यो सडकखण्डमा यस्तै जाम हुने गरेको छ । अहिले कोटेश्वरमा पनि यस्तै जाम हुने गरेको छ ।

सडक विभागले भने त्यस सडकखण्डमा मर्मत भइरहेकाले पनि जाम भएको जनाएको छ । सडक विभागका प्रवक्ता शिवहरी सापकोटाले काठमाडौंका मुख्य सडक र देशभरका राजमार्गको सडक मर्मत तथा खाल्डा पुर्ने काम भइरहेको बताए । पानीका कारण समस्या आएको उनको भनाई छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।