काठमाडौं । खानेपानी मन्त्री बिना मगर पनि प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रीबाट हटाउने लिष्टमा पुगेकी छिन् ।
प्रधानमन्त्री ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सोमबार नतिजा दिन नसक्ने मन्त्री हेरफेर गर्ने सहमति जुटेको थियो । सो सहमतिको प्रारम्भिक सूचीमा प्रचण्ड बुहारी समेत रहेकी खानेपानी मन्त्री बिना मगर पनि छिन् ।
दशैं अघि नै मेलम्चीको पानी काठमाडौं आउने मन्त्री मगरले दाबी गरेकी थिइन् । तर, उल्टै विवादका कारण ठेकेदारले काम छाडेर भागेको थियो ।
प्रधानमन्त्री ओलीले हटाउन चाहेको मन्त्रीहरुमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबिर महासेठ, खानेपानी मन्त्री बिना मगर, कृषि मन्त्री बलदेब खनाल, खेलकुद मन्त्री जगत विश्वकर्मा, महिला, बालबालिका तथा समाज कल्याण मन्त्री थममाया थापा, भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा अर्याल, वन मन्त्री शक्ति बहादुर बस्नेत, उद्योग मन्त्री मात्रृका यादव रहेको बताइन्छ ।
खेलकुद मन्त्री जगत विश्वकर्मा, महिला, बालबालिका तथा समाज कल्याण मन्त्री थममाया थापालाई नहटाई उनीहरु मन्त्रालय हेरफेर हुन सक्ने बताइएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।