काठमाडौं । सिद्धार्थ बैंकको १० प्रतिशत बोनस र १५.२६ प्रतिशत नगद सुरक्षित गर्ने आज अन्तिम दिन हो । बैंकले साधारणसभा प्रयोजनको लागि असोज १९ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज २८ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश पाउन सक्ने छन् ।

बैंकले आर्थिक वर्ष ७५/७६ को मुनाफबाट लगानीकर्तालाई १० प्रतिशत बोनस शेयर र १५.२६ प्रतिशत नगद लाभांश गरि कुल २५।२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकले १० प्रतिशतले हुन् आउने ८८ करोड ८७ लाख ६० हजार ४ सय ५४ रुपैयाँ बराबरको बोनस शेयर र १५.२६ प्रतिशतले हुन् आउने १ अर्ब ३५ करोड ६५ लाख २९ हजार १ सय १४ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।