काठमाडौं । काठमाडौंको ग्रान्डी हस्पिटलमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भेट गरी छोटो कुराकानी गरेका छन् ।

हस्पिटलमा भेटेर निस्किएका प्रचण्डले सञ्चारकर्मीसँग अहिले आफू ठिक रहेको बताएको ज नाए । उनले भने,– ‘समस्या छिटोछिटो देखा पर्‍यो, अहिले ठीकै छ भन्नुभयो’, प्रचण्डले भने, डायलासिस गरेपछि उहाँको स्थिति सामान्यतिर गइरहेको छ ।’

प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको डायलासिस गरिएको समेत जनाए । उनको सचिवालयले भने यसअघि नियमित स्वास्थ्य परीक्षण रहेको बताउँदै आएको छ । उनले भर्खर एउटा डायलासिस भएपछि प्रधानमन्त्री रेष्ट गरेर डिस्चार्ज हुँदै तयारी रहेको भन्दै आजै बालुवाटार जाने समेत जनाए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।