Tuesday, August 25, 2026
23.1 C
Kathmandu
Home मुख्य समाचार महराविरुद्ध जबर्जस्ती करणी उद्योगमा मुद्धा दर्ता, पाँच वर्ष जेल जान सक्ने

महराविरुद्ध जबर्जस्ती करणी उद्योगमा मुद्धा दर्ता, पाँच वर्ष जेल जान सक्ने

काठमाडौं । यौन दुर्व्यवहारको आरोप पुष्टि भएमा निवर्तमान सभामुख कृष्णबहादुर महरा पाँच वर्ष जेल बस्नुपर्ने भएको छ । महराविरुद्ध जिल्ला अदालत काठमाडौंमा करणीको उद्योग गरेको अभियोगमा अभियोगपत्र दायर दर्ता भएको हो ।

अभियोगपत्रमा महरालाई पाँच वर्षसम्म कैदको माग गरिएको छ। सँगै पदीय मर्यादा विपरित कार्य गरेकाले महरालाई थप सजायको माग भएको छ ।

संसद् सचिवालयकी एक कर्मचारीमाथि यौन दुर्व्यवहारको आरोप लागेका महरा असोज १९ गते पक्राउ परेका हुन्। असोज २८ गते जिल्ला अदालत काठमाडौंले महरालाई पहिलो पटक (पक्राउ परेदेखि १३ दिन) थुनामा राख्न म्याद दिएको थियो। त्यस्तै प्रहरीको अनुसन्धान नसकिएपछि कार्तिक ३ गते फेरि पाँच दिनको लागि म्याद थपिएको थियो । अनुसन्धान सकिएपछि प्रहरीले बुझाएको प्रतिवेदन अनुसार सरकारी वकिलको कार्यालयले अभियोगपत्र दर्ता गरेको हो ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।