बाग्लुङ । आगामी १४ मंसिरमा हुन गइरहेको उपनिर्वाचनको रौनक छाइरहेको छ । निर्वाचन कार्यतालिका अनुसार आज उम्मेदवारी फिर्ता लिने दिन, यहीँ दिन बाग्लुङको बुर्तिबाङमा भने रमिता नै देखिएको छ । उम्मेदवारी फिर्ताको विषय प्रहरीसम्म पुगेको थियो ।

यतिसम्म कि बागी उम्मेदवारलाई लिन हेली नै त्यहाँ पुगेको थियो । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आफ्ना बागी उम्मेदवारको उम्मेदवारी फिर्ता गराउन हेलिकोप्टरको प्रयोग गरेकाे हाे । नाम फिर्ताको लागि बागी उम्मेदवार शेरमान घर्ती मगरलाई लिन गएको हेली मेयर देवकुमार नेपालीको दरबार होटलको छतमा बसेको थियो । शेरमान र तुल्सीराम अर्यालबिच कुराकानी हुँदै गर्दा कार्यकतार्हरू भने के हुने हो भनेर यताउती गरिरहेका थिए । बाग्लुङ निर्वाचन क्षेत्र नं. २ (ख) को उपनिर्वाचनमा शेरमानले उम्मेदवारी दिएका थिए । प्रदेशसभाको सो क्षेत्रमा नेकपाको समर्थनमा राष्ट्रिय जनमोर्चाले खिमविक्रम शाहीलाई प्रदेशसभा सदस्य उम्मेदवार बनाएको छ ।

दिनको १ बजेपछि मात्र ढोरपाटनबाट हेली चढेका शेरमानले निर्धारित समयतालिका भित्र उम्मेदवारी फिर्ता लिएनन् । अन्तिममा शेरमान दरबार होटलबाट हेली चढेर उडें । भोलि अन्तिम नामावली प्रकाशन हुनेछ । तस्वीरः उजिर मगर, फेसबुक । समाचारकाे केही अंश सम्पादित भएका छन्-सम्पादक

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।