काठमाडौं । ठगीको आरोपमा उजुरी परेपछि सामाजिक सञ्जालमा अघोरी बाबा’ की श्रीमती भनेर परिचित शारदा पाण्डेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पाण्डेमाथि विदेश पठाइदिन्छु भनेर ठगी गरेको आरोप छ ।
चितवनकी एक युवतीले ठगी गरेको जाहेरी दिएपछि प्रहरीले सोधपुछका लागि उनलाई बोलाएको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी बृत्त बौद्धमा अघोरी बाबासँगै उनी पुगेकी छिन् । पूर्वपति गोविन्द अधिकारीसँग बिहे गराउँदा भएको सम्झौता अनुसार अमेरिका नपठाएको भन्दै उनले ठगी गरेको आरोप लगाइएको छ ।
Comments








