Wednesday, August 12, 2026
Home मुख्य समाचार ‘अघोरी बाबा’की पत्नी प्रहरी नियन्त्रणमै, ‘आपराधिक लाभ’ सम्बन्धी मुद्दा

‘अघोरी बाबा’की पत्नी प्रहरी नियन्त्रणमै, ‘आपराधिक लाभ’ सम्बन्धी मुद्दा

आफूलाई ‘अघोरी बाबा’ बताउने विजय केसीकी श्रीमती शारदा पाण्डेविरुद्ध ‘आपराधिक लाभ’ सम्बन्धी मुद्दामा पाँच दिनको म्याद थप गरी प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

जिल्ला अदालत काठमाडौँबाट आज म्याद थप गरी पाण्डेलाई अनुसन्धानका लागि हिरासतमा राखिएको महानगरीय प्रहरी वृत्त बौद्धका प्रमुख प्रहरी नायब उपरीक्षक रमेशबहादुर सिंहले जानकारी दिए । विदेश लगिदिन्छु भन्दै विश्वासमा लिएर धोका दिई ठगी गरेको भनी एक महिलाले कारवाहीको माग गर्दै सोमबार जाहेरी दिएकी थिइन् । त्यही जाहेरीको आधारमा प्रहरीले पाण्डेलाई सोमबार पक्राउ गरेको हो । उनलाई महानगरीय प्रहरी वृत्त बौद्धमा राखिएको छ ।

मुलुकी अपराध (संहिता) ऐन, २०७४ को दफा २४९ मा कसैले कसैलाई कुनै कुराको विश्वास दिलाएकामा सो बमोजिम नगरी वा फकाइ, झुक्याई वा अन्य कुनै किसिमले धोका दिई कुनै काम गरी वा गर्नबाट रोकी त्यस्तो व्यक्ति वा अन्य कसैलाई बेइमानीपूर्वक कुनै किसिमको हानी, नोक्सानी वा क्षति पु¥याएमा वा आफ्नो वा अरु कसैका लागि कुनै लाभ प्राप्त गरेमा निजले आपराधिक लाभसम्बन्धी कसुर (ठगी) गरेको मानिने उल्लेख छ । भ्रष्टाचारसम्बन्धी र सरकारी संस्थाबाहेक यसरी ठगी गरेको प्रमाणित भएमा सात वर्ष जेल र रु ७० हजार जरिवाना गरिने व्यवस्था छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।