माघ । विश्वका दश उत्कृष्ट पैदल यात्रामा नेपाल पनि समावेश भएको छ । प्लेसटुसिइनयोरलाइफटाइम डटकमले समावेश गरेको विश्वका दश उत्कृष्ट पैदल यात्रामा नेपाल एक नम्बर सुचिमा छ ।
नर्वे, न्यूजिल्याण्ड, साउथ अफ्रिका, चीन, स्पेन, अमेरिका तथा युरोपका आश्चर्यचकित ठाउँहरुलाई उल्लेख गरेको उक्त साइटमा नेपालको हिमालय क्षेत्रलाई आधार बनाइएको छ ।
जहाँ विश्वको उच्चतम चुचुराहरूसहित पर्वतमालाहरुले नेपाललाई चिनाउन खोजिएको छ । उक्त क्षेत्रमा चढ्न कठिन हुने पहाडहरु, उस्तै सुन्दर पोखरीहरु भनेर व्याख्या गरिएको छ ।