काठमाडौं । सैनिक मूख्यालयले विगत ६ वर्षमा पदमा रहेका २ हजार ७ सय १५ जना सैनिकमाथि विभागीय कारबाही गरेको छ । नेपाली सेनाले विभिन्न पदमा रहेर सैनिक ऐनविपरित काम गरेको भन्दै कारबाही गरेको हो । राजधानी दैनिकका अनुसार सलाम नगर्नेसम्म कारबाहीमा परेका छन् ।

सैनिक मुख्यालयका अनुसार सेनामा जागिर खाएर भागेकादेखि अनुशासन तथा आचरण विपरित काम गर्ने, कर्तव्य ज्यान मुद्दामा मुछिएका, जबर्जस्ती करणी, चोरी, ठगी, लागूऔषध कारोबारोमा मुछिएका र हातहतियार तथा खरखजानामा मुछिएकासम्मलाई कारबाही गरिएको हो । सैनिक कारबाहीमा पर्नेहरुमा सवारी दुर्घटनादेखि आर्थिक अनियमिततामा मुछिएका सैनिक समेत रहेका छन् ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।